थापाथली सुकुमबासी बस्ती खाली गर्ने कार्य तीव्र, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्ने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म उक्त क्षेत्रमा वास्तविक ‘होमलेस’ (बसोबासविहीन) व्यक्ति फेला नपरेको बताइएको छ ।

उनले भने, “अहिलेसम्म वास्तविक होमलेस भेटिएका छैनन्। असक्त, वृद्ध तथा गर्भवती महिलाहरूलाई उहाँहरूको अनुरोधअनुसार सुरक्षित स्थानमा पठाइएको छ। दुई परिवारलाई बिरामी भएपछि अस्पताल पुर्‍याइएको छ भने सामान ढुवानीका लागि चार ट्रक प्रयोग गरिएको छ।”

जोशीका अनुसार टहराभित्र रहेका सामान बाहिर निकाल्ने काम जारी छ भने अधिकांश व्यक्तिहरू आफ्ना गन्तव्यतर्फ गइसकेका छन् ।

उनले थपे, “यदि कोही वास्तविक होमलेस हुनुहुन्छ भने आउनुस् भने पनि अहिलेसम्म कोही सम्पर्कमा आउनुभएको छैन।”

नगर प्रहरीका अनुसार उक्त अभियानमा करिब २०० नगर प्रहरी परिचालन गरिएको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...