मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो।

आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ।

अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ।

यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थियो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार काठमाडौं उपत्यकामा मात्रै बागमती नदी किनारलगायत २७ स्थानमा सुकुम्बासीका नाममा सरकारी जग्गा अतिक्रमण गरिएको छ। समितिले २०८० मंसिर ४ गते सर्वोच्च अदालतमा बुझाएको विवरण अनुसार ती क्षेत्रमा ३,४९६ घर–टहरा रहेका छन्।

जसमध्ये काठमाडौं महानगरभित्र २,१७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, गोदावरीमा २१५, ललितपुर महानगरमा १७ र भक्तपुरमा ७७३ घर–टहरा रहेको उल्लेख छ। देशभर करिब १५ देखि १६ लाखसम्म सुकुम्बासी परिवार रहेको सरकारी अनुमान छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...