बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

सुर्खेत । सुर्खेतमा सम्पन्न बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले शिक्षा, प्रविधि र अनुसन्धान क्षेत्रमा सहकार्य विस्तार गर्दै शैक्षिक रूपान्तरणका लागि ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

समापन समारोहमा वक्ताहरूले सम्मेलनबाट प्राप्त उपलब्धि र निष्कर्षहरू व्यवहारमा लागू गर्न जोड दिँदै आधुनिक शिक्षा प्रणालीतर्फ रूपान्तरण अनिवार्य भएको बताए । प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा उठेका विचार र सुझावहरू कार्यान्वयनमा लैजान सबै सरोकारवाला पक्ष सक्रिय हुनुपर्ने बताए ।

उनले सूचना प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै शिक्षा प्रणालीमा व्यापक परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूलाई समयअनुकूल प्राविधिक, नीतिगत तथा प्राज्ञिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले विश्वविद्यालयको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । ‘अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण’ भन्ने नारासहित उक्त सम्मेलन मध्यपश्चिम विश्वविद्यालय र भारतको विरला ग्लोबल विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको थियो ।

सम्मेलनमा २१ देशका पाँच सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो भने ३५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ । विभिन्न विषयगत सत्र, प्यानल छलफल र अन्तरक्रियामार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौतीबारे गहन बहस गरिएको थियो ।

उद्यमशीलता र कर्णाली क्षेत्रको सम्भावना विषयक छलफलमा प्रदेशको आर्थिक विकास, जैविक विविधता, कृषि तथा वन उद्योगका अवसर र चुनौतीहरूबारे विचार आदानप्रदान गरिएको थियो । साथै, ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने उपाय तथा प्रवासी नेपाली समुदायको भूमिकाबारे पनि भर्चुअल सत्रमार्फत चर्चा गरिएको थियो ।

सम्मेलनका क्रममा नेपालका नौ विश्वविद्यालयका उपकुलपतिहरूबीच राउण्ड टेबल छलफल समेत आयोजना गरिएको थियो, जसमा पोखरा, संस्कृत, सुदूरपश्चिम, पूर्वाञ्चल, काठमाडौं, गण्डकी र राजर्षि जनक विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...