
काठमाडौँ । राजधानीका विभिन्न स्थानका सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरी घर–टहर भत्काउने काम जारी रहेको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत सम्बन्धित निकायले डोजर परिचालन गरेको हो ।
गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर प्रयोग गरी संरचना हटाउने कार्य भइरहेको छ ।
यस्तै, भक्तपुरको मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काउने काम भइरहेको छ । उक्त बस्तीमा आइतबार बिहानदेखि नै हटाउने अभियान सुरु गरिएको हो ।
यसअघि शनिबार नै गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा समेत डोजर परिचालन गरिएको थियो ।