सुकुमबासी बस्तीमा डोजर र मुकुम्लुङ केबलकारबारे हर्क साम्पाङको प्रश्न : ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाउँदै विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय समुदायमाथि अन्याय भइरहेको आरोप लगाएका छन्।

काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा महानगर र सरकारले डोजर चलाइरहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका हुन्।

अध्यक्ष साम्पाङले एकातिर गरिब तथा सुकुमबासीका बस्ती हटाइरहेको सरकारले अर्कोतिर व्यवसायिक स्वार्थका लागि प्राकृतिक सम्पदामा क्षति पुर्‍याउने गतिविधिलाई सहयोग गरिरहेको टिप्पणी गरेका छन्। मुकुम्लुङ (पाथीभरा) क्षेत्रमा प्रस्तावित केबलकार परियोजनाको सन्दर्भ उल्लेख गर्दै उनले लेखेका छन्:

‘सुकुमबासी बस्ती हटाउन सक्रिय सरकार मुकुम्लुङमा कञ्चनजङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उजाड्ने गरी केबलकार निर्माण गर्न खोज्ने व्यापारीलाई किन साथ दिन्छ?’

सुकुमबासी बस्ती भत्काउने कार्यमा समर्थन जनाउनेहरूलाई चेतावनी दिँदै साम्पाङले भोलि यस्तै अवस्था आफ्नै घरमा पनि आउन सक्ने बताएका छन्। ‘अरूलाई खाने बाघले आफूलाई पनि खान्छ’ भन्दै उनले आज अरूको घर भत्किँदा ताली बजाउनेहरूकै घरमा भोलि डोजर पुग्न सक्ने संकेत गरेका छन्।

उनले थप लेखेका छन्, ‘आज मलाई आलोचना गर्नेहरूकै घरमा कुनै दिन डोजर पुग्यो भने के भन्लान्? अरूलाई खाने बाघले आफूलाई पनि खान्छ है!’

पछिल्ला दिनहरूमा राईले स्थानीय पहिचान, प्राकृतिक सम्पदा संरक्षण र जनजीविकासँग जोडिएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...