काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्‍यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले होस्टेलहरूको अनुगमन गर्न ५ वटा विशेष टोली परिचालन गरेको छ।

महानगरभित्र करिब ४० हजार व्यक्तिले होस्टेल सेवाको उपयोग गरिरहेको तथ्याङ्क रहेकाले सेवा गुणस्तर, मापदण्डको पालना, सुरक्षा व्यवस्था तथा व्यवस्थापनको अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको हो। स्तरीय होस्टेललाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेमा सुधार गर्ने र मापदण्ड पूरा नगर्ने होस्टेललाई बन्द गर्ने उद्देश्य रहेको महानगरले जनाएको छ।

अनुगमन टोलीमा शिक्षा अधिकृतको संयोजकत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट तथा योजना तथा अनुगमन एकाइका प्रतिनिधिहरू सहभागी छन्।

पाँच टोलीमध्ये एक टोलीले वडा नं. १, ३, ४, ६, १६, १८ र ३० मा अनुगमन गर्नेछ। अन्य टोलीहरूले क्रमशः वडा नं. ९, ३१, १०, २९, २८ र ३२ का होस्टेलहरूको अनुगमन गर्नेछन्।

महानगरले छात्राबास (होस्टेल) सञ्चालन सम्बन्धी मापदण्ड २०८० लागू गरेको छ। मापदण्ड अनुसार दर्ता प्रक्रिया, पूर्वाधार, सुरक्षा, सरसफाइ, सीसीटीभी जडान, फायर सेफ्टी उपकरण, गोपनीयता र अनुशासनजस्ता विषय अनिवार्य गरिएको छ।

होस्टेल सञ्चालनका लागि भवन नक्सा, दर्ता कागजात, वडाको सिफारिस र अन्य आवश्यक विवरण अनिवार्य गरिएको छ। त्यस्तै शैक्षिक वातावरण, अनुशासन र सुरक्षित आवास सुनिश्चित गर्न कडा प्रावधान राखिएको महानगरले जनाएको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...