सभामुख अर्याल–चिनियाँ राजदूतबीच भेट: नेपाल–चीन सम्बन्ध र सहकार्य विस्तारमा जोड

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विस्तृत छलफल भएको थियो।

सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध लामो इतिहास, पारस्परिक विश्वास र पञ्चशील सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै ‘एक चीन नीति’प्रति नेपालको अडिग प्रतिबद्धता पुनः व्यक्त गरेका थिए। उनले आपसी सम्मान, समानता र सहकार्यका आधारमा सम्बन्ध अझ सुदृढ बन्दै गएको धारणा राख्दै संसदीय तहमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत माओमिङले नेपाललाई चीनको महत्वपूर्ण र नजिकको छिमेकीका रूपमा लिँदै विकास, पूर्वाधार निर्माण, व्यापार विस्तार तथा कनेक्टिभिटी सुदृढीकरणका क्षेत्रमा सहकार्य बढाउन चीन इच्छुक रहेको बताए। उनले नेपालमा भइरहेका विकास पहलहरूमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।

दुवै पक्षले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने, संसदीय आदान–प्रदानलाई सक्रिय बनाउने तथा आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्रमा सहकार्य अझ विस्तार गर्नेमा सहमति जनाएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...