कुन–कुन राजमार्ग अवरुद्ध छन्? बाढी–पहिरोले देशका मुख्य सडक प्रभावित

हालै परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्।

कोशी प्रदेशको संखुवासभामा पर्ने कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ को बरुण क्षेत्रमा गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १७ गते दिउँसो करिब ४ बजे गएको पहिरोले सडक बन्द हुँदा यातायात ठप्प भएको छ।

यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ। साउन १६ गते साँझ करिब ६:३० बजे गएको पहिरोपछि चीनसँग जोडिने यो महत्वपूर्ण सडक खण्डमा सवारी आवागमन रोकिएको छ।

गण्डकी प्रदेशको म्याग्दीमा पनि पहिरोले सडक प्रभावित पारेको छ। अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा साउन १६ गते साँझ गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

सडक विभाग तथा सुरक्षा निकायहरूले अवरुद्ध सडक खुलाउने काम जारी राखेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला ट्राफिक प्रहरी वा प्रशासनसँग सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...