प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि अलपत्र, सचिवालयमै थन्किए

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई महत्वपूर्ण विधेयक एक वर्षदेखि अघि नबढ्दा अलपत्र अवस्थामा रहेका छन्। सभा सञ्चालन भइरहे पनि विधेयकहरू छलफलमा नआउँदा प्रक्रिया रोकिएको हो।

टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक र बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक दुवै प्रदेश सभा सचिवालयमै थन्किएका छन्। यी विधेयक क्रमशः २०८१ चैत ३ र २०८२ जेठ २१ गते दर्ता भएका थिए।

विगतमा बिजनेस अभावको समस्या भोगेको प्रदेश सभामा अहिले दर्ता भएका विधेयक नै अगाडि नबढ्दा कार्यसम्पादनमाथि प्रश्न उठेको छ।

सत्तारूढ नेपाली कांग्रेसले यस विषयमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकमार्फत सभामुख भीमबहादुर भण्डारीलाई विधेयक तत्काल अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ।

दलका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार दुवै विधेयक सदनमा पेस भएमा छलफल प्रक्रिया अघि बढ्ने भएकाले ढिलाइ नगर्न आग्रह गरिएको हो।

यता आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने दुवै विधेयक विचाराधीन अवस्थामा रहेको र सभाको बैठकपछि छलफल अघि बढ्ने बताउनुभएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...