तिलिचो तालमा भएको रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा सूचीकृत

काठमाडौं । मनाङस्थित तिलिचो तालमा आयोजना गरिएको ऐतिहासिक रेस्लिङ प्रतियोगिता ‘वल्र्ड बुक अफ रेकर्ड, लन्डन’मा समावेश भएको छ। करिब ४,९१९ मिटर उचाइमा रहेको विश्वकै उच्च स्थानमा अवस्थित तालमध्ये एक तिलिचोमा सम्पन्न उक्त प्रतियोगिताले नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा गत नोभेम्बर २६ मा आयोजित उक्त प्रतिस्पर्धामा नेपालकी भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा नेपाली खेलाडीहरू भगवती र अस्मिता विजयी भएका थिए।

उक्त कीर्तिमानको प्रमाणपत्र पूर्व उपसभामुख इन्दिरा रानाले एक कार्यक्रमबीच खेलाडीहरूलाई प्रदान गरिन्। फाउन्डेसनमा भगवती अध्यक्ष तथा अस्मिता कोषाध्यक्षको भूमिकामा रहेका छन्।

यसअघि पनि फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ आयोजना गर्ने लक्ष्यसहित सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५,६३३ मिटर उचाइको कालापत्थर क्षेत्रमा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरेको थियो। एभरेष्ट दिवसका अवसरमा आयोजित उक्त खेलमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् भने अस्मिताले निर्णायकको जिम्मेवारी सम्हालेकी थिइन्।

उच्च हिमाली क्षेत्रमा खेलकुद प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने उद्देश्यले यस्ता गतिविधि निरन्तर अघि बढाइने फाउन्डेसनले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...