अनामनगरको ‘भाइरल’ साततले घर भत्काइयो, घरधनीको आपत्ति

काठमाडौं । अनामनगरस्थित धोबिखोला कोरिडोर क्षेत्रमा निर्माण गरिएको चर्चित ‘भाइरल’ साततले घर अन्ततः प्रशासनले भत्काएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी मापदण्डविपरीत संरचना बनाइएको निष्कर्षसहित आइतबार डोजर प्रयोग गरेर उक्त भवन हटाइएको हो।

घरधनी पक्षले भने आफूहरूसँग जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) र नक्सापास रहेको दाबी गर्दै आएका थिए। घरधनी इन्द्र चाम्लिङ—जो श्रम संस्कृति पार्टीसँग आवद्ध नेता हुन्—ले घर भत्काइनुअघि आफ्नी छोरीको नाममा रहेको लालपूर्जा र नक्सापास कागजात घरबाहिर टाँसेर विरोध जनाएका थिए।

शनिबार नै भत्काउने तयारी भए पनि घरधनीको दाबीपछि स्थानीय प्रशासनले एक दिन थप अध्ययन गरेको थियो। तर अध्ययनपछि नक्सापासभन्दा बाहिर गई सार्वजनिक क्षेत्रसमेत समेटेर संरचना निर्माण गरिएको पुष्टि भएपछि भत्काउने निर्णय गरिएको जनाइएको छ।

घर भत्काउने क्रममा धोबिखोला किनारमा सर्वसाधारणको ठूलो भीड लागेको थियो।

यता, घरधनी चाम्लिङले भने आफूले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गर्दै सरकारको निर्णयप्रति असहमति जनाएका छन्। उनले भने, “हामीसँग जग्गाको लालपूर्जा छ, नक्सापास छ, राजश्व तिरेका छौँ। यस्तो अवस्थामा घर भत्काउनु अन्याय हो।”

यसअघि पनि घर भत्काउने चर्चा चलेपछि चाम्लिङ उच्च अदालत पुगेका थिए। अदालतले उक्त जग्गा सरकारी नभएको ठहर गरेको उनको दाबी छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...