१६ वर्षदेखि तलब नपाएका भृकुटी कागज कारखानाका श्रमिक, ४० करोड भुक्तानीको माग

काठमाडौँ– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैंडाकोटस्थित भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकले १६ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्।

सोमबार सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै १६ वर्षदेखिको बाँकी तलब तत्काल भुक्तानी गर्न माग गरेको हो।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा श्रमिकहरूको करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको उल्लेख गर्दै सो रकम शीघ्र उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यस्तै, गैँडाकोट नगरपालिका क्षेत्रमा रहेको करिब ६० बिघा जग्गालाई उचित व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्न स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्रमा निजी क्षेत्र (गोल्छा समूह)लाई हस्तान्तरण गरिएको उक्त कारखाना हाल खण्डहर अवस्थामा पुगेको उल्लेख छ। कारखाना क्षेत्रमा असुरक्षा बढेको र हावाहुरीका बेला टिन तथा संरचनाका अवशेष उडेर स्थानीय बस्तीमा जोखिम सिर्जना हुने अवस्था रहेको पनि जनाइएको छ।

श्रमिकहरूले लामो समयसम्म ज्याला नपाउँदा कतिपयको मृत्यु भइसकेको समेत पत्रमा उल्लेख छ।

उक्त उद्योग २०६७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...