समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत:

 

समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत: जेठ पहिलो सातादेखि रकम फिर्ता सुरु हुने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आगामी जेठ पहिलो सातादेखि फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनाअनुसार बचतकर्ताको रकम फिर्ता गर्ने काम औपचारिक रूपमा अघि बढ्नेछ।

गत ९ वैशाखदेखि काम सुरु गरेको समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरिसकेको जनाएको छ। समितिका अनुसार हाल करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था रहेको छ, जसमा अधिकांश साना बचतकर्ता छन्।

समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी रकम भएकालाई ‘ठूला बचतकर्ता’का रूपमा वर्गीकरण गरेको छ। कुल बचतकर्तामध्ये करिब १८ हजारको बचत पाँच लाखभन्दा माथि रहेको जनाइएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको बताउँदै अब कार्यान्वयन चरणमा प्रवेश गरिने जानकारी दिइन्। उनका अनुसार प्रारम्भिक चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिनेछ।

समितिले ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीलाई प्राथमिकता दिने’ नीति अवलम्बन गर्ने जनाएको छ। मागदाबी गरेका बचतकर्ताको रकम जेठ पहिलो साताबाट फिर्ता गर्न थालिने र छुट भएका बचतकर्तालाई पुनः मागदाबी गर्न आगामी साउन पहिलो सातामा अवसर प्रदान गरिनेछ।

त्यसैगरी, सरकारबाट चक्रीय कोषमा विनियोजित रकम अपुग भएमा आवश्यक रकम सापटीका रूपमा मात्र प्रयोग गरिने समितिको योजना छ। सदस्य सचिव रविन ढकालले कर्जा असुली प्रक्रियालाई कानुनी दायराभित्र कडाइका साथ अघि बढाइने बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...