प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अवरुद्ध भएको हो।

यसअघि बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका थिए।

आजको बैठकमा राष्ट्रपति Ram Chandra Poudel ले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो।

आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेपछि सभामुख डिपी अर्यालले आर्थिक वर्ष २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको जानकारी गराउनुभएको थियो। त्यसलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जनाएका थिए।

सदनमा अवरोध भएपछि सभामुख अर्यालले पटक–पटक सदनलाई मर्यादित बनाउन आग्रह गर्नुभयो। उहाँले विपक्षी सांसदहरूलाई बोल्न समय दिने प्रतिबद्धता जनाउँदै सदन नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।

विपक्षी दलको तर्फबाट बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। सांसद ज्ञानेन्द्र शाहीले पनि नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूको धारणा सुन्नुपर्ने धारणा राख्नुभयो।

नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले कार्यसूचीमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने उल्लेख भएकाले उहाँको उपस्थिति आवश्यक रहेको बताउनुभयो। एमालेकै सांसद गुरु बरालले पनि सोही माग दोहोर्याउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री अनुपस्थित भए मन्त्रीमार्फत छलफल प्रारम्भ गर्न सकिने व्यवस्था संसद् नियमावलीमा रहेको जानकारी दिनुभयो।

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलाल तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...