राष्ट्रियसभामा सुकुम्वासी समस्या समाधानको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न, मूल्यवृद्धि नियन्त्रण गर्न तथा स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले जातीय विभेदका घटना न्यूनीकरण, रुग्ण उद्योग पुनः सञ्चालन तथा सुशासन कायम गर्न सरकारसँग आग्रह गरेका हुन्।

सांसद कमला पन्तले गौरवको आयोजनाका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारीबारे सरकारसँग जवाफ माग गरिन्। सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्वासीहरूको उचित व्यवस्थापन गर्न आग्रह गरिन्।

सांसद दुर्गा गुरुङले सुकुम्वासी समस्याको स्थायी समाधान आवश्यक रहेको बताइन् भने सांसद नरबहादुर विष्टले वैदेशिक रोजगारीमा निर्भरता घटाएर स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना ल्याउन सरकारसँग माग गरे।

सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको संरक्षणमा सरकार स्पष्ट हुनुपर्ने धारणा राखे। सांसद भुवनबहादुर सुनारले जातीय विभेद नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे।

सांसद मदनकुमारी शाह (गरिमा)ले संसद्को गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्। सांसद युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रप्रति सरकार संवेदनशील बन्नुपर्ने सुझाव दिइन् भने सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्न माग गरे।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...