यान्त्रिक अवस्था कमजोर रहेका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक परीक्षण गर्दा १७ वटा सवारी मापदण्डविपरीत अवस्थामा फेला परेपछि चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा केही सवारीसाधनमा ह्याण्डब्रेक बिग्रिएको, लाइट नबलेको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। यस्ता कमजोर अवस्थाका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदी ले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताए। उनले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिए।

उनका अनुसार सवारीसाधनको सामान्य लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यान्त्रिक रूपमा कमजोर सवारीमाथि निगरानी बढाइएको हो। उनले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्र नभई सम्भावित दुर्घटना रोक्नु र जनताको जीवन सुरक्षा गर्नु पनि रहेको स्पष्ट पारे।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय भएका धेरै सडक दुर्घटनामा सवारीसाधनको प्राविधिक खराबी मुख्य कारणका रूपमा देखिएको छ। विशेषगरी लामो समयसम्म मर्मत नगरी चलाइएका सार्वजनिक तथा निजी सवारीसाधनले सडकमा जोखिम बढाइरहेका छन्।

प्रहरीले सवारीधनी, यातायात व्यवसायी तथा चालकलाई नियमित रूपमा ब्रेक, टायर, लाइट, इन्जिनलगायत उपकरणको अवस्था परीक्षण गर्न आग्रह गरेको छ। आवश्यक मर्मत तथा प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ।

कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...