वीरगञ्ज भन्सारद्वारा १० महिनामा झण्डै दुई खर्ब राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु. एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार विभागले यस अवधिका लागि रु. दुई खर्ब २३ अर्ब १८ करोड राजस्व उठाउने लक्ष्य निर्धारण गरेको भए पनि कार्यालयले लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ । उनले पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात राजस्वको मुख्य स्रोत बनेको बताए ।

भन्सार विभागले चालु आर्थिक वर्षभरिका लागि वीरगञ्ज भन्सारलाई रु. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । आर्थिक वर्षका अझै दुई महिना बाँकी रहेकाले आगामी दिनमा थप राजस्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ ।

कार्यालयका अनुसार साउन महिनामा रु. १८ अर्ब ४४ करोड, भदौमा रु. २० अर्ब ७३ करोड, असोजमा रु. १९ अर्ब ९ करोड, कात्तिकमा रु. १७ अर्ब ३३ करोड, मङ्सिरमा रु. २० अर्ब ८० करोड राजस्व संकलन गरिएको थियो ।

त्यसैगरी, पुसमा रु. २० अर्ब २० करोड, माघमा रु. १८ अर्ब ९२ करोड, फागुनमा रु. १९ अर्ब ३४ करोड, चैतमा रु. २२ अर्ब ८२ करोड तथा वैशाखमा रु. २१ अर्ब ७४ करोड राजस्व संकलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...