पाल्पा पूर्ण संस्थागत प्रसूति तथा पूर्णखोप दिगोपना जिल्ला घोषणा

लुम्बिनी प्रदेश अन्तर्गतको पाल्पा जिल्ला लाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। मङ्गलवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उक्त घोषणा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्त्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँ रहेका मिसन अस्पताल, मेडिकल कलेज तथा जिल्ला अस्पतालमार्फत सरकारी र निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको जानकारी दिए।

पाल्पा जिल्ला मात्रै नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भइरहेको उनको भनाइ थियो। जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा संघीय सरकारको मापदण्ड पूरा गर्नुपर्ने भएकाले प्रक्रिया केही जटिल बनेको उनले बताए।

मुख्यमन्त्री आचार्यले ५० शैयाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत कार्यक्रम सञ्चालन गरिने बताए। भवन निर्माणको कामलाई समेत तीव्र रूपमा अघि बढाइने उनको भनाइ थियो।

उनले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेटमार्फत विशेष योजना ल्याइने उल्लेख गर्दै प्रदेशभित्रै विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, लुम्बिनी प्रादेशिक अस्पताल लाई थप सुविधा सम्पन्न बनाउने कार्य भइरहेको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै सरोकारवालालाई धन्यवाद व्यक्त गर्दै पूर्णखोप तथा संस्थागत प्रसूति सेवाको उपलब्धिलाई दिगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सबै पक्षको भूमिका महत्त्वपूर्ण रहने बताए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...