मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादव ले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेकै बेला बिहीबार राति एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीका रूपमा सरकारमा समावेश गरिएको हो।

विश्वासको मत लिन केही घण्टा बाँकी रहँदा एमाले सरकारमा प्रवेश गर्नुले मधेस प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउने संकेत गरेको छ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव का अनुसार पार्टीबाट थप तीन जना मन्त्री पनि सरकारमा सहभागी हुनेछन्। उनले मोहम्मद समिरले आजै शपथ लिने र अन्य मन्त्रीहरूको शपथ साँझसम्म गराउने तयारी रहेको जानकारी दिए।

उनका अनुसार एमालेले सरकारमा चार मन्त्रालय पाउने सहमति भएको छ। केन्द्रमा बनेको नयाँ राजनीतिक गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको उनले स्पष्ट पारे।

यसैबीच, उनले जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने दाबी गरेका छन्। तर, जसपा नेपालको संसदीय दलले भने मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरिसकेको छ।

मुख्यमन्त्री यादवले जसपा नेपाललाई पनि साथमै राखेर सरकार अघि बढाउने प्रयास गरिरहेको बुझिएको छ।

प्रदेशसभा अंकगणितअनुसार जसपा नेपालका २६, एमालेका २४, नेपाली कांग्रेस का २२, नेकपा (माओवादी केन्द्र) का १३, जनमत पार्टीका १२ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सांसद रहेका छन्।

कांग्रेस, एमाले र माओवादी केन्द्रको समर्थन मात्रै जोड्दा पनि सरकार पक्षमा ६० सांसद पुग्छन्। जसपा नेपालको समर्थनसमेत कायम रहे मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने सम्भावना देखिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...