सार्वजनिक सवारीमा अब ‘लगेज ट्याग’ अनिवार्य

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको सामान हराउने, चोरी हुने तथा साटिने घटनालाई नियन्त्रण गर्न अब ‘लगेज ट्याग’ प्रणाली अनिवार्य रूपमा लागू गरिने भएको छ ।

यस सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार अब सार्वजनिक सवारी साधनमा यात्रुको ब्याग वा लगेज राख्दा दुई प्रति ट्याग उपलब्ध गराइनेछ । एउटा ट्याग सामानमा टाँसिनेछ भने अर्को यात्रुलाई सुरक्षित राख्न दिइनेछ । गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानमा रहेको ट्याग मिलाएर मात्र लगेज फिर्ता दिने व्यवस्था गरिनेछ ।

सार्वजनिक सवारीमा यात्रा गर्दा झिटीगुन्टा तथा लगेज हराउने, चोरी हुने वा साटिने गुनासो बढ्दै गएपछि यात्रुको सामान सुरक्षित बनाउन र सेवा थप विश्वसनीय बनाउन यो प्रणाली लागू गर्न लागिएको जनाइएको छ ।

आधुनिक प्रविधिको प्रयोग गर्दै क्युआर कोड, बारकोड वा नम्बरिङ प्रणालीसहितको ट्याग प्रयोग गरिनेछ, जसले सामानको पहिचान सहज बनाउने विश्वास गरिएको छ ।

सम्झौताअनुसार यातायात व्यवसायीहरूले आफ्नो मातहतका सवारी साधनमा यो प्रणाली अनिवार्य लागू गर्नुपर्नेछ । साथै चालक तथा सहचालकलाई आवश्यक तालिमसमेत प्रदान गरिनेछ । ट्राफिक प्रहरीले प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यदि ट्याग लगाइएको सामान व्यवसायीको लापरबाहीका कारण हराएमा वा क्षति पुगेमा प्रचलित कानुन वा आपसी सहमतिअनुसार यात्रुलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ ।

यस प्रणालीअन्तर्गत सङ्कलन गरिने यात्रुको व्यक्तिगत विवरण, जस्तै नाम र फोन नम्बर, पूर्ण रूपमा सुरक्षित राखिने तथा कुनै पनि अनधिकृत वा व्यावसायिक प्रयोजनमा प्रयोग नगरिने प्रतिबद्धता जनाइएको छ ।

CamScanner 05-22-2026 17.13

यो सम्झौता २०८३ जेठ ०८ गतेदेखि लागू भई प्रारम्भिक रूपमा १० वर्षसम्म कायम रहनेछ । समझदारी पत्रमा ट्राफिक प्रहरीका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासङ्घका तर्फबाट केन्द्रीय अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...