भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीका बहुमूल्य सामान बरामद

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको बहुमूल्य धातु, गरगहना तथा नगदसहित दुई करोडभन्दा बढी मूल्य बराबरका सामान नेपाल प्रहरीले बरामद गरेको छ ।

तीन महिनाअघि फागुन १३ गते भारतको दिल्लीस्थित राजेन्द्रनगर निवासी संजयकुमार माखीजाको घरबाट करोडौं मूल्यका धनसम्पत्ति चोरी भएपछि आरोपीहरू फरार रहेका थिए । घटनामा संलग्न बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको समूह नेपालतर्फ भागेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीमा उजुरी दिएपछि विभिन्न जिल्लासँग समन्वय गरेर अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी निरीक्षक शाहीका अनुसार पक्राउ परेकाहरूले चोरीका गरगहना तथा नगद आफन्तको घरमा लुकाएर राखेका थिए । लामो अनुसन्धानपछि विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी चोरीका सामान बरामद गरिएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआईजी ओमबहादुर रानाका अनुसार हालसम्म हिरामोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी तथा नेपालसहित विभिन्न देशका मुद्रा गरी दुई करोड १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामान बरामद गरिएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमध्ये एक करोड ३४ लाख रुपैयाँ बराबरका १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ मूल्यका सुनका गरगहना, १५ लाख ५६ हजार रुपैयाँ बराबरका हिरा तथा सुनका औंठी, दुई लाख १५ हजार ५३० रुपैयाँ बराबरका चाँदीका गरगहना र करिब तीन लाख रुपैयाँ बराबरको सुन रहेको छ । साथै उनीहरूको साथबाट १२ लाख ९० हजार नेपाली रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको नगद तथा विभिन्न देशका मुद्रा सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको प्रहरीले जानकारी दिएको छ ।

मुख्य आरोपी अझै फरार

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चोरी घटनाका मुख्य आरोपी भने अझै फरार रहेका छन् । प्रहरीले बरामद गरिएको सम्पत्तिभन्दा अझै धेरै चोरीका सामान उनीहरूसँग हुन सक्ने अनुमान गरेको छ ।

प्रहरी निरीक्षक महेश शाहीले मुख्य आरोपीको खोजी कार्य जारी रहेको र छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे । यद्यपि, अनुसन्धानकै कारण मुख्य आरोपीको परिचय भने सार्वजनिक गरिएको छैन ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...