टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न

टोखा बक्सिङ क्लब को आयोजनामा सम्पन्न U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको फाइनल खेल टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण तथा भव्य वातावरणबीच सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा बक्सिङ खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । खेलमा विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, अवार्डसँगै नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो । आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा बक्सिङ खेलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै नेपाल बक्सिङ महासंघ ले यस्ता प्रतियोगितालाई अझ व्यापक बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । युवा खेलाडीहरूलाई उचित प्रशिक्षण, अवसर र प्रोत्साहन उपलब्ध गराउन सके नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रमलाई सफल बनाउन पूर्व बक्सिङ खेलाडी, प्रशिक्षक तथा टोखा नगरपालिका वडा नं. ८ का सदस्य अनुप राई को विशेष भूमिका रहेको थियो । लामो समयदेखि बक्सिङ खेलाडीलाई प्रशिक्षण दिँदै आएका राईले टोखामा मात्र सीमित नभई नेपालभर दक्ष तथा सक्षम बक्सिङ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आफू निरन्तर सक्रिय रहेको बताएका थिए । उनले युवा पुस्तालाई खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र सकारात्मक सोचतर्फ अग्रसर गराउन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गरे ।

 

त्यसैगरी कार्यक्रममा प्राविधिक प्रशिक्षक, रेफ्री शिक्षक, प्रशिक्षक टोली, खेल व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न क्षेत्रका खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्ष टेकबहादुर थापा, उद्घोषक विकास सिलवाल लगायत सम्पूर्ण आयोजक, सहयोगी तथा सहभागीहरूको सक्रिय योगदानले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको भन्दै आगामी दिनमा अझ ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने तयारी समेत गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई भव्य प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको  Xpress TV News Nepal का सञ्चालक कुमार भट्टराई लाई मायाको चिनोसहित भव्य सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...