म्याग्दीका विद्यार्थीलाई चोयाका सामग्री बनाउने सीप हस्तान्तरण

म्याग्दी । बेनी नगरपालिका–१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई वातावरणमैत्री चोयाका सामग्री बनाउने सीप सिकाइएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक विजय सुवेदी का अनुसार परम्परागत तथा मौलिक सीपको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले डोको, डालो, नाम्लो र स्याखु बनाउने तालिम सञ्चालन गरिएको हो।

बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीलाई एक महिनासम्म तालिम दिइएको थियो। तालिममा २० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्।

स्थानीय सीपि मानबहादुर परियार ले विद्यालय समयबाहिर दैनिक एक घण्टा विद्यार्थीलाई चोया बुन्ने तथा विभिन्न सामग्री निर्माण गर्ने सीप सिकाएका थिए।

तालिममा विद्यार्थीलाई निगालो र बाँसको चोयाबाट डोको, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बनाउन सिकाइएको विद्यालयले जनाएको छ। पुरानो पुस्ताको कमी, नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा चोयाका सामग्री र त्यससम्बन्धी सीप लोप हुने अवस्थामा पुगेको बताइएको छ।

चोयाबाट बनेका सामग्री वस्तु भण्डारण र ओसारपसारका लागि उपयोगी तथा वातावरणमैत्री मानिन्छन्। प्लास्टिकजन्य वस्तुबाट हुने प्रदूषण बढिरहेका बेला वैकल्पिक रूपमा यस्ता सामग्रीको प्रयोग बढाउन विद्यार्थीलाई सीप हस्तान्तरण गरिएको हो।

स्थानीय बजारमा चोयाका सामग्रीको मूल्य एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म पर्ने गरेको बताइएको छ। गाउँमै उपलब्ध कच्चा पदार्थको उपयोगबाट आत्मनिर्भरता र आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

बेनी नगरपालिकाले विगत चार वर्षदेखि विद्यालय तहका विद्यार्थीलाई सीपसँग जोड्न ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरप्रमुख सुरत केसी ले चालु आर्थिक वर्षमा १४ विद्यालयलाई हाउस वायरिङ, प्लम्बिङ, हेयर कटिङ, आतिथ्य, पाककला तथा प्रेशर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न जनही एक लाख रुपैयाँ बजेट उपलब्ध गराइएको जानकारी दिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...