सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने तयारीप्रति आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्।

काठमाडौंमा आयोजित ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले आफूखुसी न्यायाधीश तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए।

उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा हटाइए त्यसको विरोधमा कडा आन्दोलन गर्नुपर्ने अवस्था आउने समेत बताए।

उनले भने, “अहिले सर्वोच्च अदालतमा गोलाप्रथा हटाउने चर्चा चलिरहेको छ। यदि यो हटाइयो भने कस्तो आन्दोलन गर्ने भन्ने अर्को चिन्ता थपिनेछ।”

विजयप्रसाद मिश्र ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीले रुचाएको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने अभ्यास सुरु भएको टिप्पणी गरे।

उनले भने, “अब प्रधानन्यायाधीश बन्न त्याग वा तपस्या गर्नुपर्ने अवस्था रहेन। प्रधानमन्त्रीले मन पराएको व्यक्तिलाई संवैधानिक परिषद्मार्फत नियुक्त गर्ने प्रवृत्ति सुरु भएको छ। प्रधानमन्त्रीले मन परायो भने प्रधानन्यायाधीश बन्ने अवस्था विकास भएको हो कि भन्ने प्रश्न उठेको छ।”

उनले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘भष्मे’को संज्ञा दिन हजारौं मानिस परिचालन भइरहेको आरोपसमेत लगाए।

उनका अनुसार अहिले न्यायपालिका गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ र यस्तो अवस्थामा कानुन व्यवसायीहरूले आफ्नो विवेक गुमाउन नहुने बताए। साथै उनले न्यायपालिका र न्यायाधीशलाई सुदृढ बनाउन कानुन व्यवसायीहरूको पनि महत्वपूर्ण जिम्मेवारी रहेको धारणा राखे।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...