बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।

कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा भएको आक्रमणमा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन् ।

प्रहरीका अनुसार साँझ करिब ७ः३० बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको थियो ।

चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रीमती र बालक छोराको टाउको, अनुहार र खुट्टामा चोट लागी अवस्था मध्यम रहेको बताइएको छ । त्यस्तै भान्जी आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागी अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रारम्भिक उपचार महाकाली प्रादेशिक अस्पतालमा गरिएको र थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...