प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान गरिरहेको एमाले सांसदको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रको मर्यादा उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घतानीले प्रधानमन्त्री साहले जनताका प्रश्नको जवाफ नदिई लोकतान्त्रिक अभ्यासको अपमान गरिरहेको भन्दै आपत्ति जनाइन् ।

उनले प्रधानमन्त्रीलाई सदनमा उठेका प्रश्नहरूको जवाफ दिन हिम्मत भए उपस्थित हुन चुनौती दिँदै सरकारप्रति बढ्दो जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गरिन् ।

सांसद घतानीले सरकारलाई प्रश्न गर्ने वातावरण कमजोर हुँदै गएको र आलोचना गर्न नहुने प्रवृत्ति विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनका अनुसार लोकतन्त्र अन्ध समर्थन होइन र नागरिकहरू केवल ताली बजाउने भीड मात्र होइनन् भन्ने कुरा स्पष्ट हुन आवश्यक छ ।

उनले सांसदहरू जनताका प्रतिनिधि भएको उल्लेख गर्दै सरकारलाई निरन्तर जवाफदेही बनाउने दायित्व संसद्को रहेको बताइन् ।

प्रधानमन्त्री लोकप्रिय हुन सक्ने र सरकार शक्तिशाली हुन सक्ने भए पनि संसद् र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन नसक्ने उनको भनाइ थियो ।

सांसद घतानीले प्रधानमन्त्री साहलाई सदनमा उपस्थित भई जनताका प्रश्नहरूको उत्तर दिन किन हिच्किचाइरहेको भन्दै प्रश्नसमेत गरिन् । उनले सत्ताको दम्भ दीर्घकालीन नहुने तर लोकतन्त्र र जनताको आवाज सधैं जीवित रहने उल्लेख गरिन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...