सम्पत्ति छानबिन समितिले दोस्रो दिन पनि पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान लियो

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राष्ट्रिय स्वतन्त्र पार्टी का सुधन गुरुङसँग दोस्रो दिन पनि बयान लिएको छ ।

समितिले मंगलबार (जेठ १२) देखि गुरुङको बयान लिन सुरु गरेको थियो । बुधबार (जेठ १३) दोस्रो दिन पनि बयान प्रक्रिया जारी रहेको भए पनि पूर्ण रूपमा सम्पन्न नभएको समितिले जनाएको छ ।

गुरुङले भने निकटवर्तीहरूलाई आफ्नो बयान सकिएको जानकारी दिएका छन् । तर समितिका प्रवक्ता समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अनुसन्धान प्रक्रिया अझै जारी छ ।

“बयान सुरु भएको हो । अनुसन्धान गर्दै जाँदा फेरि पनि बयान दिनुपर्ने हुनसक्छ,” उनले भने, “समितिले प्रतिवेदन बुझाउने समय सीमित भएकाले अनुसन्धानको कामलाई तीव्र बनाइएको छ ।”

गत वैशाख २८ गते मन्त्रिपरिषद् बैठकबाट १५ दिनको समयसीमा तोकेर समिति गठन गरिएको थियो । समितिले जेठ ४ गतेदेखि औपचारिक रूपमा काम थालेको हो ।

गुरुङको सम्पत्ति विवरणमा देखिएको सुन, जग्गा लगायतका विषयमा प्रश्न उठेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । कतिपय जग्गा मन्त्री नियुक्त हुनु दुई दिनअघि वारेसमार्फत खरिद गरिएको विवरण सार्वजनिक भएपछि थप शंका उत्पन्न भएको थियो ।

त्यसैगरी सामाजिक कार्यका लागि स्थापना गरिएको गैरनाफामूलक संस्था ‘हामी नेपाल’ को सम्पत्ति व्यक्तिगत खातामा गएको दाबीसमेत सार्वजनिक भएपछि विवाद थपिएको थियो ।

यसपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा छानबिन सहज बनाउन गरिएको बताएका थिए ।

समितिको नेतृत्व उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले गरेका छन् । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन् ।

समितिको कार्यकाल यही जेठ १९ गते समाप्त हुने बताइएको छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...