टोखा–९ र १० को सरकारी संरचनामा रहेका पसल हटाउन डोजर परिचालन

काठमाडौं । टोखा नगरपालिका वडा नं. ९ र १० अन्तर्गत सरकारी संरचनाभित्र सञ्चालन हुँदै आएका गणेशथान क्षेत्रका पूजा सामग्री पसलहरू हटाउन डोजर चलाइएको छ । नगरपालिकाको निर्देशन अवज्ञा गर्दै तोकिएको समयभित्र संरचना नहटाइएपछि बिहीबार र डोजर परिचालन गरिएको हो ।

टोखा नगरपालिकाले यसअघि नै सरकारी संरचना तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएका पसल हटाउन १५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिभित्र पसल तथा टहरा नहटाइएपछि नगरपालिकाले प्रहरी प्रशासनको सहयोगमा डोजर चलाएर संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

डोजर सञ्चालनका क्रममा सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । गणेशथान क्षेत्रमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो भने स्थानीयवासी र व्यवसायीहरूको भीडसमेत लागेको थियो ।

नगरपालिकाका अनुसार सार्वजनिक तथा सरकारी स्वामित्वको जग्गा संरक्षण गर्न अभियान सञ्चालन गरिएको हो । अतिक्रमण हटाएर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो कदम चालिएको नगरपालिकाको भनाइ छ ।

यता, केही व्यवसायीहरूले भने वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको स्थान एकाएक हटाइँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । उनीहरूले वैकल्पिक व्यवस्थाबिना डोजर चलाउँदा दैनिक जीविकोपार्जन प्रभावित भएको बताएका छन् ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...