प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया सुरु, परराष्ट्र मन्त्रालयद्वारा आवेदन आह्वान

काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेको नेपाली राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ ।

मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन र प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्त्रालयले बिहीबार योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त तथा सिफारिस माग गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक र योग्य उम्मेदवारहरूले स्वयं पनि आवेदन दिन सक्नेछन् । साथै अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार तयार गरिएको कार्यशर्त तथा योग्यता पूरा गरेका उम्मेदवारहरू आवेदन प्रक्रियामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ । आवेदन दिन इच्छुक व्यक्तिले मन्त्रालयको वेबसाइटमा उपलब्ध फाराममार्फत विस्तृत व्यक्तिगत विवरणसहित आवश्यक कागजात पेस गर्नुपर्नेछ । आवश्यक जानकारीका लागि मन्त्रालयले उपलब्ध गराएको इमेलमार्फत पनि सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

दरखास्त तथा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म तोकिएको छ । तोकिएको म्यादपछि प्राप्त भएका वा प्रक्रिया नपुगेका आवेदनहरू छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैबीच, मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूको प्रारम्भिक मूल्यांकन गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गर्ने जनाएको छ । सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्रै थप प्रक्रियाका लागि सम्पर्क गरिने सूचनामा उल्लेख छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...