मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।

राप्रपाको स्थापना दिवसको ३६औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले उक्त प्रतिवेदन गम्भीर प्रकृतिको रहेको भन्दै सरकारले ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी ठहर्याएका वा अभियुक्तका रूपमा देखिएका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो सफाइ लिनुपर्नेमा पनि जोड दिए। उनका अनुसार आयोगका प्रतिवेदनहरू नेपालभित्र मात्र सीमित नहुने भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रभाव रहने गर्दछ।

उनले भने, “मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन अत्यन्त महत्त्वपूर्ण छ। यसले धेरै विषय उजागर गरेको छ। सरकारले यसलाई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्छ र दोषी भनिएका व्यक्तिहरूले पनि प्रक्रिया पूरा गरी सफाइ लिनुपर्छ।”

लिङ्देनले यस्ता प्रतिवेदनहरू संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरूको अभिलेखमा रहने भएकाले यसको दीर्घकालीन असर पर्ने उल्लेख गरे। विगतमा यस्तै प्रतिवेदनका आधारमा केही व्यक्तिहरूलाई विदेश भ्रमणमा समेत प्रतिबन्ध लागेको उदाहरण उनले स्मरण गरे।

त्यस अवसरमा उनले आफ्नो पार्टी देशको एक मात्र वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै निराश नभई दृढताका साथ अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वानसमेत गरे।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...