कृषकको सम्मान राज्यको प्राथमिकतामा हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै उनले किसानको प्रगति नै राष्ट्रको समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले किसानको मुस्कानमा देशको खुसी र किसानको उन्नतिमा राष्ट्रको समृद्धि गाँसिएको भन्दै कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे। उनले श्रम संस्कृतिको विकास गर्दै किसानको मेहनत, पसिना र समर्पणलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताए।

उनले कृषि क्षेत्रको विकासका लागि राज्य, निजी क्षेत्र र सम्बन्धित निकायहरू एकजुट भएर लगानी, प्रविधि, बजारीकरण तथा युवाको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याए। आधुनिक प्रविधिको प्रयोग, युवाशक्तिको ऊर्जा र दीर्घकालीन सरकारी नीतिमार्फत कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार बनाउन सकिने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले कृषक राष्ट्र निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै कृषकको सम्मान गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताए। कृषकको सीप, मेहनत र पौरखले नै देश समृद्ध बन्ने उल्लेख गर्दै उनले राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमले कृषि पेसालाई सम्मानित र आकर्षक पेसाका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको धारणा व्यक्त गरे।

उनले कृषि क्षेत्रलाई व्यावसायिक, सम्मानित र आत्मनिर्भर बनाउँदै अघि बढाउन सके मात्र समृद्ध नेपालको सपना पूरा हुने बताए। साथै, राजनीतिक परिवर्तनपछि मुलुकको मुख्य आवश्यकता आर्थिक समृद्धि भएको उल्लेख गर्दै कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उद्योगको विस्तारलाई विकासको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र कृषि नै भएको बताए। कृषि उद्योगका लागि कच्चा पदार्थको मुख्य स्रोतसमेत भएकाले यस क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता उनले औँल्याए। साथै, कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यमशीलता केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...