दैलेखमा पेट्रोलियम उत्खननको तयारी तीव्र, दोस्रो चरणको सम्झौता गर्ने गृहकार्य

काठमाडौं, जेठ १६ – नेपालमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्खननको बाटो खोल्ने उद्देश्यसहित खानी तथा भूगर्भ विभागले दोस्रो चरणको सम्झौताका लागि तयारी थालेको छ। विभागले व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढाउन विभाग र चीनको जियोलोजिकल सर्भे संस्थाबीच थप सहकार्यका लागि आन्तरिक गृहकार्य सुरु गरेको जनाएको छ।

चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ। प्रारम्भिक अध्ययन र परीक्षणबाट उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना देखिएको विभागले जनाएको छ।

विभागका अनुसार व्यावसायिक उत्पादनको सम्भाव्यता अघि बढाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोगका लागि सरकारसँग समन्वय भइरहेको छ। हालसम्म सिस्मिक सर्भे, भूगर्भीय अध्ययन, म्याग्नेटो टेल्युरिक सर्भे तथा जिओ–केमिकल नमुना परीक्षणलगायतका महत्त्वपूर्ण कार्य सम्पन्न भइसकेका छन्।

पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार नमुना परीक्षणका नतिजाले पेट्रोलियम र प्राकृतिक ग्यासको सम्भावना पुष्टि गरेको छ। अब प्राप्त तथ्याङ्कको थप विश्लेषणपछि व्यावसायिक उत्खननतर्फ अघि बढ्ने योजना बनाइएको छ।

परियोजना सफल भएमा नेपालले पेट्रोलियम पदार्थको आयातमा खर्च हुने ठूलो रकम बचत गर्न सक्ने अपेक्षा गरिएको छ। यसले आयात प्रतिस्थापन, ऊर्जा सुरक्षामा सुधार तथा राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

नेपालमै पेट्रोलियम उत्पादनको सम्भावना बढेसँगै दैलेख केन्द्रित अन्वेषण परियोजनाले नयाँ आशा जगाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...