हामी सभामुखमाथि हातपात गर्न होइन, माइक खोस्न गएका थियौँ : रिंगला यादव

आइतबार प्रतिनिधिसभा बैठकमा भएको तनावपूर्ण घटनाबारे बोल्दै सांसद रिंगला यादव ले आफूहरू सभामुखमाथि हातपात गर्न नभई माइक खोस्न गएको दाबी गरेकी छन्।

शिलापत्रासँगको कुराकानीमा उनले नियमावलीमाथि थप छलफल गरी समितिमा पठाउनुपर्ने विपक्षी दलहरूको माग सभामुखले बेवास्ता गरेको आरोप लगाइन्। सभामुख सत्तापक्षप्रति पक्षपाती बनेको र विपक्षीको आवाज नसुनेको उनको भनाइ छ।

यादवले भनिन्, “हामीले सभामुखमाथि हातपात गर्ने वा संसदको अपमान गर्ने कुनै उद्देश्य राखेका थिएनौँ। हाम्रो उद्देश्य माइक खोस्ने मात्र थियो, ताकि नियमावली जबर्जस्ती पारित हुन नसकोस्। माइक खोस्न खोज्दा हातपात गर्न खोजेको जस्तो प्रचार गरिएको छ।”

उनले भाइरल भिडियोबारे पनि प्रतिक्रिया दिँदै आफूले कसैलाई मुक्का हान्न खोजेको नभई नाराबाजीका क्रममा हात उठाएको दाबी गरिन्। “हात उठाएर नारा लगाउँदा एआईको प्रयोग गरेर मुक्का प्रहार गर्न खोजेको जस्तो देखाइएको छ,” उनले भनिन्।

यादवले संसदमा तनावपूर्ण अवस्था सिर्जना हुनुमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै विपक्षीका माग सम्बोधन गरिएको भए विवाद नै उत्पन्न नहुने बताइन्। साथै, सत्तापक्षका केही सांसदहरूले पनि आक्रामक व्यवहार गरेको र आफूहरूलाई अपमानित गर्ने प्रयास भएको उनको दाबी छ।

उनले विपक्षी दलका माग पूरा नभएसम्म आफ्नो विरोध जारी रहने समेत बताएकी छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...