प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत, संसदबाट माफी माग्न माग

काठमाडौँ — श्रम संस्कृतिपार्टीका अध्यक्ष हरकाज राय नेतृत्वको पार्टीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रिय हितविपरीत’ भन्दै तत्काल संसदको रोष्ट्रमबाट माफी माग्न माग गरेको छ।

आर्यन राय ले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीको भनिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन्। उनले नेपालले कुनै पनि देशको भूमि अतिक्रमण गरेको छैन भन्ने स्पष्ट पार्दै प्रधानमन्त्रीको भनाइ गलत, कमजोर र तथ्यहीन भएको दाबी गरे।

उनले भने, “यदि भोलि भारतले पनि हाम्रो भूमि माग्यो भने हामी कुन भूमि फिर्ता दिन्छौँ?” भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आफू लज्जित र दुःखी भएको बताएका छन्।

रायले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै एक व्यक्ति वा दलको विषय नभएको उल्लेख गर्दै यस्ता संवेदनशील विषयमा जिम्मेवार र स्पष्ट अभिव्यक्ति आवश्यक हुने बताए।

उनले थप भने, “यदि प्रधानमन्त्रीले यस्तो कमजोर र गलत जवाफ दिने हुन् भन्ने थाहा पाएको भए म त्यो प्रश्न नै गर्दिनथेँ। यस्तो अभिव्यक्तिले भविष्यमा गम्भीर नजिर बस्न सक्छ।”

सांसद रायले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर आफ्नो भनाइ सच्याउँदै माफी माग्नुपर्ने माग समेत गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...