प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन, राष्ट्रिय सभा पनि दोस्रो दिन स्थगित

 

काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपराह्नसम्म पनि सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भूमिसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म र विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म बैठक सञ्चालन हुन नदिने अडान दोहोर्‍याएका छन्।

यसअघि सोमबार बसेका प्रतिनिधिसभाका दुवै बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएका थिए।

उता मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित रहेको दाबी गरेका छन्। आवश्यक परे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर थप स्पष्टीकरण दिन तयार रहेको उनले बताएका छन्।

यता मंगलबार बसेको राष्ट्रिय सभा बैठक पनि लगातार दोस्रो दिन अवरुद्ध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले विरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्का दुवै सदनमा जारी गतिरोधका कारण संसदीय कामकारबाही प्रभावित बनेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...