काठमाडौं चक्रपथमा थपिए १६ नयाँ विद्युतीय बस, महानगर यातायातको सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले काठमाडौं उपत्यकामा आफ्नो विद्युतीय बस सेवा विस्तार गर्दै थप १६ वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि चक्रपथ क्षेत्रमा नियमित सेवा दिने गरी यी बस सञ्चालनमा आएका हुन्।

नयाँ बसहरू ३३ सिट क्षमताका भए पनि उभिएर यात्रा गर्ने यात्रुका लागि पर्याप्त स्थान व्यवस्था गरिएको छ। एकैपटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

चीनबाट आयात गरिएका यी बसमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता रहेको बताइएको छ। प्रत्येक बसको बजार मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

बस सेवा विस्तार कार्यक्रममा महानगर यातायातका सचिव केशव नेपालले विद्युतीय सवारी नै भविष्यको आवश्यकता भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा थप विद्युतीय बस सञ्चालन गर्ने योजना रहेको बताए। उनले प्रारम्भिक लगानी बढी भए पनि दीर्घकालीन रूपमा विद्युतीय सवारी व्यवसायिक दृष्टिले लाभदायक सावित भएको बताए।

महानगर यातायातका सञ्चालक समिति सदस्य धर्मराज रिमालले गत वर्ष सञ्चालनमा ल्याइएका १२ वटा विद्युतीय बसको सकारात्मक अनुभवपछि थप १६ वटा बस थपिएको जानकारी दिए। उनका अनुसार सञ्चालन खर्च कम हुने र मर्मतसम्भारमा सहज भएकाले विद्युतीय बसबाट डिजेल बसको तुलनामा उल्लेख्य लाभ प्राप्त भइरहेको छ।

हाल महानगर यातायातले काठमाडौंका विभिन्न रुटसँगै चन्द्रागिरि, थानकोट, बनेपा र धुलिखेलसम्म पनि सेवा सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले वातावरणमैत्री सार्वजनिक यातायातको प्रवर्द्धनका लागि ठूला आकारका विद्युतीय बसको विस्तार आवश्यक रहेको बताए। उनले नेपालमा व्यावसायिक विद्युतीय सवारी साधनको प्रयोग बढाउन शशिला मोटर्स प्रतिबद्ध रहेको उल्लेख गरे।

विद्युतीय बसको विस्तारसँगै काठमाडौं उपत्यकामा स्वच्छ, आधुनिक र वातावरणमैत्री सार्वजनिक यातायात सेवाको पहुँच थप सुदृढ हुने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...