धवलशमशेर राणासहित १८३ जना नेताकार्यकर्ताले छाडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री Dhawal Shumsher Rana सहित १८३ जना नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

उपत्यकाका विभिन्न पदाधिकारी, नेता, केन्द्रीय सदस्य तथा भ्रातृ एवं जनवर्गीय संगठनका पदाधिकारी, सदस्य र कार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका हुन्।

राणा पक्षले पार्टीको मूल नेतृत्व कमजोर, आत्मकेन्द्रित र सिद्धान्तविपरीत ढंगले अघि बढेकाले पार्टीको भविष्य संकटमा परेको आरोप लगाएको छ। उनीहरूले पार्टीको वैचारिक आधार र विश्वासबाट नेतृत्व विचलित भएको, एकता महाधिवेशनको म्यान्डेटलाई बेवास्ता गरेको तथा केन्द्रीय कार्यसमितिलाई जानकारीसमेत नदिई तत्कालीन Pushpa Kamal Dahal नेतृत्वको सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने’ न्यूनतम साझा कार्यक्रममा सहभागी बनेको दाबी गरेका छन्।

राजीनामा पत्रमा उनीहरूले संवैधानिक राजसंस्था पुनःस्थापनाको उद्देश्य बोकेको पार्टी नेतृत्वले गणतन्त्र सुदृढीकरणको पक्षमा किन भूमिका खेल्यो भन्ने प्रश्न उठाएका छन्। साथै, पार्टीको मूल नीति र महाधिवेशनको निर्णयविपरीत कदम चाल्नुको कारणबारे नेतृत्व मौन रहेको आरोप पनि लगाइएको छ।

राणा पक्षका अनुसार केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समितिलगायत वैधानिक निकायमा पटक–पटक प्रश्न उठाइए पनि सम्बन्धित पक्षबाट कुनै स्पष्ट जवाफ प्राप्त भएको छैन।

उनीहरूले विधानअनुसार जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णयसमेत कार्यान्वयन नभएको र राजसंस्था पुनःस्थापनासम्बन्धी आन्दोलनलाई कमजोर बनाउने काममा पार्टी नेतृत्व स्वयं सक्रिय रहेको आरोप लगाएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...