रास्वपाद्वारा ७७ वटै जिल्लामा निर्वाचन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभरका ७७ वटै जिल्लामा निर्वाचन समिति गठन गरेको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।

उनले सबै जिल्लामा निर्वाचन समिति परिचालन भइसकेको र महाधिवेशनको कार्यतालिकाअनुसार अधिवेशनसम्बन्धी कामहरू अगाडि बढिरहेको जानकारी दिए। उनका अनुसार समितिले जिल्लास्तरीय अधिवेशन सम्पन्न गराएर प्रतिवेदन केन्द्रमा बुझाउनेछ।

केही स्थानीय तहमा परेको उजुरीका कारण बागमती र मधेश प्रदेशका केही पालिकामा अधिवेशन स्थगित गरिएको छ भने कतिपय स्थानमा पुनः निर्वाचन गराउन निर्देशन दिइएको केसीले बताए।

रास्वपाको विद्यमान विधानअनुसार जिल्ला समितिमा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव तथा पाँच जना समावेशी सदस्य रहने व्यवस्था छ। साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट एक–एक जना प्रतिनिधि जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्।

निर्वाचित समितिबाट सभापतिले एक जना कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ। जिल्ला समिति बिजोर सङ्ख्याको हुने गरी सभापतिले आवश्यकता अनुसार थप दुई वा तीन जना सदस्य मनोनयन गर्न सक्ने प्रावधान पनि विधानमा रहेको छ।

यसअघि पार्टीले जेठ २६ गतेदेखि हुने प्रदेश अधिवेशनको तयारीस्वरूप कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा अधिवेशन समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूलाई प्रदान गरिसकेको थियो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...