
एसीसी महिला प्रिमियर कपअन्तर्गत आज नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल बिहान ७:१५ बजे सुरु हुनेछ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेटले तथा दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो। यता हङकङले पहिलो खेलमा भुटानलाई १४ रनले र दोस्रो खेलमा कतारलाई ८३ रनले हराएको थियो।
नेपाल र हङकङ दुवैले लगातार दुई खेल जित्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेलले समूह डी को विजेता र उपविजेताको टुंगो लगाउनेछ।
१८ राष्ट्र सहभागी रहेको प्रतियोगिताबाट शीर्ष चार टोली आगामी महिला एसिया कप क्रिकेटका लागि छनोट हुनेछन्।
समूह ‘ए’ मा थाइल्यान्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन्। समूह ‘बी’ मा यूएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहेका छन्।
समूह ‘डी’ मा नेपाल, हङकङ चीन, भुटान र कतार सहभागी छन्।


