बिवाईडीका ७७५ विद्युतीय गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी तानिए

काठमाडौँ। मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७ सय ७५ वटा बिवाईडी (BYD) विद्युतीय गाडीको आयात प्रक्रियामाथि छानबिन तीव्र पारिएको छ। भन्सार छलीको आशंकासँग जोडिएको उक्त प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सम्बन्धित कर्मचारीहरूलाई विभागमा तानिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। समितिले भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको समेत जाँचपास भएको हुनसक्ने विषयमा गम्भीर प्रश्न उठाएपछि अनुसन्धान अघि बढाइएको हो।

यस्तै, मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७५ वटा विद्युतीय गाडीको आयात प्रक्रिया र भन्सार जाँचपाससम्बन्धी विषयमा पनि स्थलगत अध्ययन तथा अनुसन्धान जारी रहेको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित टोली घटनास्थलमै खटिएर अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रारम्भिक रूपमा भन्सार छलीको आशंका गरिएका गाडीहरू सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको छ भने आयातकर्ता कम्पनीमाथि समेत विस्तृत अनुसन्धान भइरहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यस प्रकरणले भन्सार प्रशासन र सवारीसाधन आयात प्रक्रियाको पारदर्शितामाथि थप प्रश्न उठाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...