उच्च प्रतिफल दिने योजनामा स्रोत केन्द्रित गर्न बजेटले पर्याप्त ध्यान नदिएको पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले केही क्षेत्रगत प्राथमिकतामा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै भए पनि ती आयोजनामा आवश्यक मात्रामा बजेट विनियोजन हुन नसकेको बताए। उनका अनुसार हालका २४–२५ वटा राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट छरिँदा कुनै पनि आयोजना समयमै सम्पन्न हुन सकेका छैनन्।

उनले सरकारसँग बहुमतको शक्ति रहेकाले आयोजनालाई स्पष्ट रूपमा प्राथमिकतामा राखी सीमित संख्यामा केन्द्रित गर्नुपर्ने सुझाव दिए। अधिकांश मन्त्रालयका बजेट पुरानै कार्यक्रमको निरन्तरतामा आधारित रहेको उल्लेख गर्दै उनले उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा जोड दिए।

पाण्डेले कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै सम्पन्न गर्न सके अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने बताए। उदाहरणका रूपमा उनले द्रुतमार्ग (फास्ट ट्र्याक) परियोजना पूरा भए वीरगञ्ज–काठमाडौं यात्रा समय घट्ने र त्यसले ढुवानी, व्यापार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

त्यसैगरी उनले व्यवसायीहरूले भोगिरहेको प्रमुख समस्या उधारो रकम असुली हुन नसक्नु पनि रहेको बताए। विकसित मुलुकमा जस्तै प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था नेपालमा पनि आवश्यक रहेको उनको भनाइ थियो।

कृषि क्षेत्रबारे बोल्दै उनले यस वर्ष मल अभाव र मूल्यवृद्धिको जोखिम बढेको भन्दै सरकारले समयमै रासायनिक मलको पर्याप्त व्यवस्था गर्नुपर्ने सुझाव दिए। अन्तर्राष्ट्रिय भूराजनीतिक अस्थिरताले आपूर्तिमा असर पार्न सक्ने भएकाले कृषकलाई राहत र उत्पादन संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनले बताए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...