टोखा–८ द्वारा सञ्चालित तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न, प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौं । टोखा नगरपालिका–८ को आयोजनामा सञ्चालन गरिएको तीनमहिने फुटबल प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकामा खेलप्रति रुचि विकास गर्ने, अनुशासन, आत्मविश्वास तथा शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम शनिबार एक विशेष समारोहका बीच समापन गरिएको हो।

समापन कार्यक्रममा वडा अध्यक्ष रमेश खत्री, वडा सचिव दिनेश सापकोटा, वडा सदस्य मिठु नेपाली, वडा सदस्य कमला, फुटबल प्रशिक्षक गोविन्दप्रसाद रिमाललगायत स्थानीय अभिभावक, खेलप्रेमी तथा प्रशिक्षणमा सहभागी भएका दर्जनौं बाल खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा तीन महिनासम्म नियमित रूपमा प्रशिक्षणमा सहभागी भएका बाल खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सहभागी बालबालिकाले प्रशिक्षण अवधिभर सिकेका सीप, खेलकुदप्रतिको लगाव तथा अनुशासनको प्रदर्शन गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए।

विशेषगरी टोखा नगरपालिका र वडा नं. ८ ले बालबालिकाको प्रतिभा पहिचान र खेलकुद विकासका लागि देखाएको सक्रियता प्रशंसनीय रहेको देखिएको छ। फुटबल जस्तो लोकप्रिय खेलमार्फत नयाँ पुस्तालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने प्रयासले भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

शनिबारको बिदाका दिनसमेत वडा नं. ८ का जनप्रतिनिधि तथा सम्पूर्ण वडा परिवारको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न हुनु स्थानीय सरकारको खेलकुदप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ। वडा अध्यक्षदेखि कर्मचारी र जनप्रतिनिधिहरूसम्मको उपस्थितिले बाल खेलाडीहरूमा थप उत्साह र हौसला प्रदान गरेको सहभागी अभिभावकहरूले बताएका छन्।

टोखा नगरपालिका विगत वर्षदेखि खेलकुद, शिक्षा तथा युवामुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको छ। यस किसिमका प्रशिक्षण कार्यक्रमले बालबालिकाको क्षमता अभिवृद्धि मात्र नभई समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थी खेलाडीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै प्रमाणपत्र वितरण गरिएको थियो भने आगामी दिनमा पनि यस्ता खेलकुदमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...