रास्वपाको जिल्ला अधिवेशन सम्पन्न : झापा, काठमाडौँ र काभ्रेमा नयाँ नेतृत्व चयन

काठमाडौँ, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत झापा, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार तथा गए राति सम्पन्न निर्वाचन र सर्वसम्मत प्रक्रियामार्फत तीनवटै जिल्लामा नयाँ कार्यसमिति गठन गरिएको हो।

झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले ३४१ मत प्राप्त गर्दै प्रतिस्पर्धी लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पराजित गरेका हुन्। उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भीमबहादुर कुँवर निर्वाचित भएका छन्।

त्यसैगरी, जातीय क्लस्टरतर्फ राजनारायण राजवंशी सदस्यमा निर्वाचित भएका छन् भने खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने, शान्तिमाया न्यौपाने र मुना सापकोटा चयन भएका छन्। अधिवेशनले पाँचवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू समेत चयन गरेको छ।

यता काठमाडौँ जिल्ला अधिवेशनबाट राजा शाक्य सभापतिमा निर्वाचित भएका छन्। उनले २५१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी सुरेश सापकोटालाई पराजित गरेका हुन्। उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन तथा सहसचिवमा सौरभ बस्नेत निर्वाचित भएका छन्। सदस्यहरूमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की चयन भएका छन्।

काभ्रेपलाञ्चोकमा भने प्रवीणकुमार ढकाल पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। १३ सदस्यीय कार्यसमितिमा सचिव पदबाहेक अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सचिवमा गुणनिधि सापकोटा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा सदस्यमा चयन भएका छन्।

पुनः सभापतिमा निर्वाचित भएपछि प्रवीणकुमार ढकालले जिल्लामा पार्टी संगठनलाई थप सशक्त र गतिशील बनाउँदै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशन उद्घाटनका क्रममा रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले नेता–कार्यकर्तालाई जनमुखी कार्यमा केन्द्रित हुन आग्रह गरेका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...