बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन, सुकुम्बासी परिवारसँग मागे माफी

   

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुम्बासी परिवारहरू राखिएको दुईवटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले त्यहाँ बसोबास गरिरहेका परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी माग्दै सरकार उनीहरूको उचित व्यवस्थापनका लागि प्रतिबद्ध रहेको बताउनुभयो।

आफू गृह मन्त्रालयको जिम्मेवारीमा नरहेका बेला सुकुम्बासी बस्ती हटाइएको भए पनि सरकार पीडितहरूको व्यवस्थापनप्रति गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो। व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ। अहिले पनि हाम्रो ध्यान यही विषयमा केन्द्रित छ।”

भेटका क्रममा सुकुम्बासी परिवारहरूले आफ्ना समस्या र गुनासाहरू गृहमन्त्रीसमक्ष राखेका थिए। हाल बसोबास र खानपानमा सहजता भए पनि बालबालिकाको शिक्षादीक्षा प्रभावित भएको तथा स्वास्थ्य उपचारका लागि चिकित्सकहरू नआएको उनीहरूको गुनासो थियो।

पीडितहरूको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिनुभएको छ। होल्डिङ सेन्टरको अवस्थाबारे नियमित जानकारी राख्न, स्वास्थ्य समस्या वा आकस्मिक अवस्था उत्पन्न भए तुरुन्त उद्धार गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

गृहमन्त्री स्वयं भेट्न आएपछि सुकुम्बासी परिवारमा नयाँ आशा जागेको छ। आफ्ना लागि स्थायी बसोबास र जग्गा व्यवस्थापनको पहल हुने अपेक्षासहित उनीहरू आशावादी देखिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...