बलियो राष्ट्रवादी शक्तिको अभाव महसुस भएपछि नयाँ पार्टी निर्माण अभियान सुरु : धवलशमशेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका Dhawal Shamsher Rana ले देशमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक दल निर्माणको अभियान थालिएको बताएका छन्।

प्रस्तावित राष्ट्रवादी पार्टीको जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले राप्रपाले राष्ट्रवादी शक्तिको भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गरे। पछिल्ला उपनिर्वाचन र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले समेत त्यसलाई पुष्टि गरेको उनको भनाइ थियो।

राणाले सनातन धर्म, बौद्ध र किराँत परम्परालाई समेट्ने सनातनी हिन्दु अधिराज्यको एजेन्डालाई जनताले अस्वीकार नगरेको उल्लेख गर्दै समस्या एजेन्डामा नभई राप्रपाको कार्यशैलीमा रहेको बताए। उनले विगत ३५ वर्षमा जनताले पटक–पटक समर्थन गरे पनि नेतृत्व एजेन्डाप्रति इमानदार हुन नसकेको आरोप लगाए।

उनले नयाँ पार्टी सहमति र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने स्पष्ट पार्दै अनुशासनका नाममा दण्डात्मक शैली नअपनाइने बताए। सातै प्रदेशमा संगठन विस्तार गरी आगामी स्थानीय तह निर्वाचनमा स्वच्छ छवि भएका, जनप्रिय र योग्य व्यक्तिलाई उम्मेदवार बनाइने उनको भनाइ छ।

यसै कार्यक्रममा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक Durga Prasai ले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताउँदै आफू इमानदार रूपमा देश र समाज परिवर्तनको अभियानमा लागेको बताए।

उनले आफूहरूमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै सत्य र इमानदारीको मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...