
भैरहवा । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्ने भएको छ।
आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। प्रदेश सरकारका अनुसार आगामी आर्थिक वर्षको बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार मानेर तयार गरिएको छ।
प्रदेश सरकारले उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको जनाएको छ।