भीरबाट टेम्पो खसालिएको घटनामा १२ जना नियन्त्रणमा

काठमाडौं — कैलालीको गोदावरीमा भीरबाट टेम्पो खसालिएको घटनामा संलग्न १२ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले चुरे क्षेत्रको अतिक्रमण हटाउने क्रममा एक टेम्पोलाई भीरबाट धकेलेर खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा तानिएको हो।

घटना शनिबार गोदावरी–४ गाईमारे क्षेत्रको भएको हो। बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट खसालेको आरोप छ। धामी उक्त टेम्पोमा सामान राखेर सडक छेउमै व्यापार गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप सोधपुछका लागि डिभिजन वन कार्यालय र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई समेत बोलाइएको छ।

वन कार्यालयले भने टेम्पो वन तथा राजमार्ग अतिक्रमण क्षेत्रमा राखिएको र पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर भएपछि अतिक्रमण हटाउने क्रममा कारबाही गरिएको दाबी गरेको छ।

यता, टेम्पो धनी धामीले भने कानुनी प्रक्रिया बिना आफ्नो जीविकोपार्जनको साधन नष्ट गरिएको भन्दै न्यायको माग गरेकी छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...