संसद भवन निर्माणमा ढिलाइ भएपछि सभामुख अर्याल आक्रोशित, दैनिक एक करोड जरिवानाको चेतावनी

काठमाडौं — सभामुख डोलप्रसाद अर्याल ले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न नभएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार निर्माणाधीन भवन तथा बैठक कक्षको स्थलगत अवलोकनका क्रममा उनले निर्माण व्यवसायीलाई निर्धारित समयमा काम सम्पन्न नगरे दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउन सकिने चेतावनी दिएका हुन्।

नयाँ बानेश्वरस्थित संसद भवनका रूपमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनी भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरू अस्थायी हलबाट सञ्चालन हुँदै आएका छन्।

अवलोकनका क्रममा सभामुख अर्यालले पटक–पटक समय थप्ने तर काममा प्रगति नदेखिएको भन्दै असन्तुष्टि जनाए। उनले निर्माण कार्यमा भइरहेको ढिलाइलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउनुपर्ने बताए।

“काम सम्पन्न गर्ने निश्चित मिति तय गरौँ, अन्यथा ढिलाइको मूल्य तिर्नुपर्ने अवस्था आउन सक्छ,” भन्दै उनले निर्माण व्यवसायीलाई समयमै जिम्मेवारी पूरा गर्न आग्रह गरे।

सभामुख अर्यालले हाल संसदको कामकाज अस्थायी व्यवस्थाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले आवश्यक परे वैकल्पिक स्थानबाट समेत संसद सञ्चालन गर्न सकिने संकेत दिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...