खनाल–वाङ वार्ता : नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नेपालको प्रतिबद्धता

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ। उक्त भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।

चिनियाँ सरकारी पत्रिका China Daily का अनुसार विदेशमन्त्री वाङले नेपालसँग उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन चीन प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट क्षेत्रीय कनेक्टिभिटीको केन्द्रका रूपमा विकास गर्न चीनले निरन्तर सहयोग गर्ने उल्लेख गरे।

वार्ताका क्रममा वाङले चीनले छिमेकी कूटनीतिमा नेपाललाई विशेष महत्व दिँदै आएको उल्लेख गर्दै नेपालको नयाँ सरकारले सुशासन, स्थायित्व र विकासलाई अघि बढाउने विश्वास व्यक्त गरे। उनले द्विपक्षीय सहयोग संयन्त्रलाई प्रभावकारी बनाउँदै चिनियाँ लगानी र व्यापार विस्तारका लागि सहकार्य बढाइने बताए।

भेटमा तिब्बत र ताइवानका विषय पनि उठाइएको थियो। चिनियाँ पक्षले यी विषयलाई आफ्नो मूल राष्ट्रिय चासोको विषयका रूपमा प्रस्तुत गर्दै नेपालले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ को प्रशंसा गरेको जनाएको छ।

जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याए। उनले ताइवान र तिब्बतसम्बन्धी विषय चीनका आन्तरिक मामिला भएको स्पष्ट पार्दै नेपालको भूमि कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री खनालले नेपालको नयाँ सरकार जनताकेन्द्रित विकास, असंलग्न परराष्ट्र नीति तथा सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको आर्थिक विकास र प्रगतिलाई नेपालले अवसरका रूपमा लिएको उल्लेख गर्दै बीआरआई अन्तर्गतका परियोजना, पूर्वाधार विकास तथा कनेक्टिभिटी विस्तारमा सहकार्य गर्न नेपाल तयार रहेको बताए।

साथै, चिनियाँ उद्यमी तथा लगानीकर्ताका लागि कानुनसम्मत, पारदर्शी र लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिँदै खनालले साझा भविष्यको मानव समुदाय निर्माणसम्बन्धी चीनका विभिन्न विश्वव्यापी पहलमा नेपालको सकारात्मक सहयोग रहने धारणा व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...