मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिपछि निर्माण व्यवसायी असन्तुष्ट, असुरक्षा बढेको गुनासो

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सडक अनुगमनका क्रममा दिएको विवादास्पद अभिव्यक्तिले निर्माण व्यवसायी वृत्तमा व्यापक चर्चा र असन्तुष्टि पैदा गरेको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाको निरीक्षणका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारप्रति कडा टिप्पणी गर्दै दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले आपत्ति जनाएका छन्।

अनुगमनका क्रममा धादिङ खण्डमा विद्युत् पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको जानकारी पाएपछि मन्त्री लम्सालले सम्बन्धित निकायका अधिकारीहरूसामु कडा प्रतिक्रिया दिएका थिए। उनको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि निर्माण व्यवसायीहरूमा असुरक्षाको भावना बढेको महासंघका पदाधिकारीहरूको भनाइ छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरे ले मन्त्रीको अभिव्यक्ति जिम्मेवार पदको मर्यादाअनुकूल नभएको बताए। उनका अनुसार निर्माण व्यवसायीलाई धम्की वा दबाब दिएर विकास निर्माणले गति लिन सक्दैन, बरु समस्या पहिचान गरेर समाधान खोज्नुपर्छ।

घिमिरेले निर्माण क्षेत्र अहिले लागत वृद्धि, बजेट अभाव, जग्गा प्राप्ति, वन क्षेत्रको अनुमति, मूल्य समायोजनलगायत विभिन्न समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै सरकारले ती विषयमा पर्याप्त ध्यान नदिएको गुनासो गरे।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंह ले पनि निर्माण व्यवसायीलाई त्रसित बनाउनेभन्दा सहजीकरण गर्नुपर्ने धारणा राखेका छन्। उनले कानुनी प्रक्रिया अवलम्बन गरी आवश्यक परे ठेक्का रद्द वा अन्य कारबाही गर्न सकिने भए पनि डर र आतंक सिर्जना गरेर समस्या समाधान नहुने बताए।

महासंघका पूर्वमहासचिव रोशन दाहाल ले कानुनी राज्यमा कसैले गल्ती गरे कानुनअनुसार कारबाही हुनुपर्ने तर भौतिक आक्रमणको संकेत दिने अभिव्यक्ति उपयुक्त नहुने बताए। उनका अनुसार यस्ता अभिव्यक्तिले निर्माण व्यवसायी मात्र होइन, आम नागरिकमा समेत नकारात्मक सन्देश जाने जोखिम हुन्छ।

निर्माण व्यवसायीहरूले ढिलासुस्ती गर्ने कम्पनीमाथि जरिवाना, कालोसूची वा ठेक्का रद्दजस्ता कानुनी व्यवस्था हुँदाहुँदै हिंसात्मक शैलीका अभिव्यक्ति आउनु दुःखद भएको बताएका छन्। उनीहरूले निर्माण क्षेत्रमा देखिएका नीतिगत, आर्थिक र प्राविधिक समस्याको समाधानतर्फ सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्।

व्यवसायीहरूको भनाइमा, यस्ता अभिव्यक्तिले निर्माणस्थलमा काम गर्ने इन्जिनियर, प्राविधिक तथा ठेकेदारहरूमा मनोवैज्ञानिक दबाब र असुरक्षाको भावना बढाउने खतरा रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...